सीप विकासमार्फत आत्मनिर्भरतातर्फ: ललितपुरमा २१ दिने कफी बारिस्टा तालिम सम्पन्न
Date: 2026-06-22
ललितपुर। ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको आर्थिक सहयोग तथा ललितपुर महानगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित २१ दिने कफी बारिस्टा (Barista) तालिम सम्पन्न भएको छ। तालिमको प्राविधिक सहयोग तथा व्यवस्थापन KKS GROUP ले गरेको थियो।
समापन कार्यक्रममा उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकास मान श्रेष्ठ ले युवाहरूलाई सीप विकासमार्फत आत्मनिर्भर र स्वरोजगार बनाउन महानगरपालिकाले यस्ता तालिम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर रोजगारी तथा आयआर्जनमा जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।
संस्कृति, वाणिज्य तथा पर्यटन प्रवर्द्धन महाशाखाका प्रमुख खगेन्द्र प्रसाद वस्ती ले तालिमबाट सिकेको सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।
प्रशिक्षार्थीहरूले तालिम उपयोगी र उपलब्धिमूलक रहेको बताउँदै यस्तो अवसर प्रदान गरेकोमा उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समिति, ललितपुर महानगरपालिका वडा नं. ५ तथा आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा २१ दिने कफी बारिस्टा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै कार्यक्रमका अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।