डेङ्गु नियन्त्रणका लागि वडा नं. ५ मा जनचेतनामूलक कार्यक्रम

Date: 2026-08-22
news-banner
ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ५ मा डेङ्गु रोगको जोखिम न्यूनीकरण तथा लामखुट्टेको बासस्थान नष्ट गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

ललितपुर महानगरपालिका वडा नं. ५, समाज कल्याण महाशाखा जनस्वास्थ्य शाखा, वडा स्वास्थ्य कार्यान्वयन समिति–५ तथा नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाको आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममार्फत डेङ्गु फैलाउने लामखुट्टेको प्रजननस्थल पहिचान गरी नष्ट गर्ने, घर तथा वरपर पानी जम्न नदिने र सरसफाइमा विशेष ध्यान दिने विषयमा  जनचेतना प्रदान गरिएको थियो ।घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्ने भाँडाकुँडा, टायर, प्लास्टिकका बोतललगायत सामग्रीमा पानी जम्न नदिएमा लामखुट्टेको प्रजनन रोक्न सकिने भएकाले नियमित सरसफाइमा जोड दिइएको थियो।

कार्यक्रममा जनप्रतिनिधि , स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो। डेङ्गुबाट बच्न व्यक्तिगत सावधानी अपनाउनुका साथै समुदायस्तरमै लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।





Leave Your Comments