रसुवा बाढीपीडितका लागि धर्मगुरु विजयकृष्णमूर्ति महाराजद्वारा १ लाख ११ हजार १०१ रुपैयाँ सहयोग

Date: 2026-08-27
news-banner
अर्चना झा रासस 

काठमाडौं । धर्मगुरु विजयकृष्णमूर्ति महाराजले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ लाख ११ हजार १०१ रुपैयाँ सहयोग गर्नुभएको जानकारी दिनुभएको छ।

धर्मगुरु महाराजले विपद्को यस घडीमा पीडितका तस्बिर तथा भ्रामक समाचार सामाजिक सञ्जालमा प्रसार नगर्न आग्रह गर्दै “यो तमासा हेर्ने वा सामाजिक सञ्जालमा चर्चा बटुल्ने समय होइन, दुःखमा परेका आफ्ना नागरिकको साथमा उभिने समय हो” भन्नुभएको छ। उहाँले पीडित परिवारलाई सान्त्वना दिन, आफूले सक्ने सहयोग गर्न तथा उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी निकायलाई आवश्यक समन्वय गरी सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ। साथै, आरोप–प्रत्यारोप गर्ने समय अहिले नभएको भन्दै “दोष खोज्ने समय पछि पनि आउला, तर अहिले कसैको जीवन बचाउने समय हो” भन्नुभएको छ।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई विपद्मा परेका नागरिकलाई सक्दो सहयोग गरी उनीहरूलाई एक्लो महसुस हुन नदिन धर्मगुरु महाराजले हार्दिक अपिल गर्नुभएको छ।


Leave Your Comments