बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले तत्काल पदबाट राजिनामा नदिने

Date: 2024-07-08
news-banner

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तत्काल पदबाट राजिनामा नदिने भएको छ । आइतबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई संसदबाट विश्वासको मत लिन सुझाव दिएको हो ।

बैठकले मुख्यमन्त्रीले राजिनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले बताउनुभयो ।गत चैत्र १७ गते एमालेसहितका माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र हाम्रो नेपाली पार्टी चार दलको सहमतीमा मुख्यमन्त्री बन्नु भएका जम्मकट्टेलले सरकार बनाउन आवश्यक ५६ मत मात्रै प्राप्त गरी विश्वासको मत लिनुभएको थियो ।

संसदका २ ठूला दल मिलेर सरकार बनाउने सहमतीपछि अल्पमतमा परेका मु्ख्यमन्त्री जम्मकट्टेलले संबैधानिक ब्यवस्था अनुसार सदनबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।


Leave Your Comments