प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्न उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतै भावुक त कतै आक्रोशित सुनिएका छन् ।
विश्वासको मत गुमाउने लगभग निश्चित भएपछि उनको सम्बोधन भावुक र आक्रोशित सुनिएको छ ।उनले सुशासनका निम्ति सम्झौता नगर्ने अठोटका कारण वर्तमान अवस्था सृजना भएको बताएका छन् । ‘मैले सङ्कल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढङ्गको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसङ्कल्प छु,’ प्रधानमन्त्री दाहालले भने, ‘राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गरियो । सरकारले विश्वविद्यालयमा योग्यताका आधारमा नेतृत्व स्थापित गराउने प्रयास ग¥यो । जनतालाई सुशासनको अनुभूति गराउने प्रयास भयो ।