मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

Date: 2024-03-27
news-banner
मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो ।दुर्घटनामा परेर सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको मृत्यु भएको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ भने  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 

जिपमा ६ जना सवार रहेको थिए ।

Leave Your Comments