अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

Date: 2024-04-20
news-banner
चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय उसु खेलाडी टोली भोलि प्रस्थान गर्दैछ ।

अन्तर्राष्ट्रिय खेलमा उसु याउलु विधामा अन्तर्राष्ट्रिय खेलाडीहरू विजय सिंजाली, दीपक हमाल, पासाङ शेर्पा, राजीव तामाङ, निमा घर्तीमगर र सावेत राईको परीक्षण हुनेछ । उसु सासौ विधामा किरणसिंह सावद ९० केजी, संजीव महर्जन ८० केजी, समन धुस्री ६० केजी, अमर सुनार ६५ केजी र रोहित चुनारो ५६ केजीमा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी महिलातर्फ विधा गुरुङ ५६ केजी, नविना विक ५२ केजी र लुमनित श्रेष्ठले ६५ केजीमा खेल खेल्ने छन् । प्रशिक्षकको भूमिकामा निकेश श्रेष्ठ, जुनी राई, करुणा महर्जन, बोर्ड सदस्य साम्देन शेर्पा, मन्जुर महर्जन रहने छन् । 

 प्रतियोगितामा छनोट हुने खेलाडीले अक्टोबर र नोभेम्बरमा जापान–अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउने छ ।

Leave Your Comments