हमासका मुख्य नेता सिनवार मारिएको घटनाप्रति विश्व समुदायको ध्यानाकर्षण

Date: 2024-10-18
news-banner

इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ ।

इजरायलले डिएनए परिक्षणपछि हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरे लगत्तै विभिन्न देशले यसबारे प्रतिक्रिया दिन थालेका अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको दाबी गरेको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको ज्यान जानु इजरायलीहरूका लागि राहतको क्षण भएको भन्दै छिट्टै प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र अन्य इजरायली नेताहरूसँग बन्धकहरूको विषयमा छलफल गर्न र यो युद्ध सधैंको लागि अन्त्य गर्नका लागि वार्ता गर्ने बताउनुभएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको ज्यान जानु अन्ततः गाजामा युद्ध समाप्त गर्ने मौका भएको बताउनुभएको खबरमा उल्लेख छ । 

फ्रान्साका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि गाजामा हमासले राखेका  बन्धकहरुलाई रिहा गर्न आह्वान गर्नुभएको छ ।

 

Leave Your Comments