नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसंग कुरा गर्दै थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन् ।थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे ।
रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस विषयमा आफूले कुनै टिका टिप्पणी नगर्ने उनको भनाइ छ ।त्यसअघि उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेस पार्टीका नेताहरूको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रित भएको टिप्पणी गरे ।