सन्दीपले भने – मेरो सपना पूरा नभए पनि देशको भयो

Date: 2024-05-27
news-banner
अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागिता जनाउन नपाएका क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन् । 

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि खेल्न जान नपाएका सन्दीपले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् । ‘इमान्दारीपूर्वक भन्नुपर्दा मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ’, सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सन्दीपले सफाइ पाएका थिए ।तर उनलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सन्दीपलाई किन भिसा नदिइएको भनेर दूतावासले केही खुलाएको छैन । नेपालले दाेस्राेपटक क्रिकेट विश्वकप खेल्न लागेको हो ।

नेपालले टी–२० विश्वकपमा छनोट हुँदा यूएईलाई पराजित गरेको समयको आफ्नो फोटो शेयर गर्दै सन्दीपले यस्तो लेखेका हुन् ।

Leave Your Comments