विश्व वातावरण दिवस - २०२४ सम्बन्धि छलफल

Date: 2024-05-28
news-banner
ललितपुर महानगरपालिका वडा नं.५ को आयोजनामा विश्व वातावरण दिवस - २०२४ मनाउने सन्दर्भमा विभिन्न संघ संस्थाका  पदाधिकारीहरुसँग छलफल गरिएको छ । स्वच्छ सफा हराभरा धुँवा धुलो रहित सुरक्षित वडा बनाउने उदेश्यका साथ यहि आउने जेठ २३ गते विश्व वातावरण दिवस मनाउने सन्दर्भमा विभिन्न संघ संस्थाका  पदाधिकारीहरुसँग छलफल गरिएको हो । 

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले विश्व वातावरण दिवस भन्दा एक दिन अगाडि जेष्ठ २२ गते वडा नं. ५ भित्र रहेको विभिन्न संघ संस्थाहरुले आफ्नो वरिपरि सफा गरिने जानकारी दिनुभयो । त्यस्तै विश्व वातावरण दिवस  जेष्ठ २३ गते ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यको  प्रमुख अथितिमा  सबै संघ संस्थाका  पदाधिकारी महालक्ष्मी मन्दिर प्राङ्गणमा भेला भई    र्‍याली गरिने बताउँनुभयो । वडा नं.५ मा प्लास्टिक झोलालाई निषेध गर्ने उदेश्यले अगि बढ्ने उँहाले उल्लेख गर्नुभयो ।


ललितपुर महानगरपालिका वडा नं.५ का वडा सचीव युवराज सैजुले  वातावरणलाई स्वच्छ सफा  बनाउने उदेश्यले  विभिन्न संघ संस्थाका  पदाधिकारीहरुसँग छलफल गरिने बताउदै आफ्नो भनाइ राख्नुभयो ।

विश्व वातावरण दिवस - २०२४ मनाउने सन्दर्भमा विभिन्न संघ संस्थाका  पदाधिकारीहरुसँग छ्लफल गरिने सन्दर्भमा नेम्से म्यापका प्रतिनिधिले विश्व वातावरण दिवसमा वडा नं.५ सँग हातेमालो गर्दै नेम्से म्यापबाट १५ जना प्रतिनिधि र  फोहोरको गाडी समेत ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै छ्लफल गरिने क्रममा एउटा संघ संस्थाकाबाट १५ जना सक्रिय सहभागी जनाउने भएका  छन् । 

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का महिला सदस्य शोभा देवि प्रदान श्रेष्ठ , वडा सदस्य मञ्जु रिजाल , अशोक कुमार श्रेष्ठ , पुर्नम निरौला लगायत अन्य विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

https://youtu.be/_J85UVLe7WU?si=_7tqb2SJbjswsebd

Leave Your Comments