स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड छुट्याइयो

Date: 2024-05-28
news-banner
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ।

आज संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरिएको जानकारी दिए।आगामी बजेटमा आधारभूत तथा अत्यावश्यक उपचार सेवालाई सर्वसुलभ र निःशुल्क बनाउने मन्त्री पुनले बताए। उनले आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको उनको भनाइ थियो। 

मन्त्री पुनका अनुसार विभिन्न आठ प्रकारका कडा रोगलाई एक लाख बराबरको तीन अर्ब बजेट विनियोजन गरेको छ।

Leave Your Comments