नेपालकै इतिहासमा पशुपतिक्षेत्रमा यहीँ आउने श्रावण महिनाभर ठूलो कोटिहोम महायज्ञ सञ्चालन र सफल बनाउनका लागि आयोजक समितिले उपत्यका भित्र लगभग १३ सय भन्दा बढी कोटीहोम महायज्ञ उपसमिती बनाइएका छन् ।
पशुपतिक्षेत्रमा आयोजना हुन लागेको नेपालकै हालसम्मको ठूलो पशुपति कोटीहोम एंव १०८ श्रीमद्भागवतको अहिले देश-विदेशमा चर्चा भैरहेको छ । कोटीहोम सफल बनाउनको लागि आयोजक समिति तन मनका साथमा लागेको देखिन्छन् ।
महायज्ञ सञ्चालन र सफल बनाउनका लागि आयोजक समितिले उपत्यका भित्रका काठमाडौँ,भक्तपुर र ललितपुर जिल्लामा मात्र हालसम्म १ हजार ३ सय ३० ओटा उपसमिती बनाएको र दर्जनौं धार्मिक संघसंस्था आबद्ध भएका आयोजक श्री मानव सेवा फाउण्डेसनका व्यवस्थापक विष्णु राज गिरीले जानकारी दिनुभएको छ ।
गीरीका अनुसार, "अहिले उपसमितीलाई मनोनयनका कार्यसँगै निमन्त्रणा दिने कार्य भइरहेको छ । उपत्यकामा स्थानिय तह, धार्मिक मठमन्दिर, टोल सुधार समितीमा आबद्ध भएका धार्मिक मनहरुलाई समेटेर उपसमिति निर्माण गरेका छन् ।
श्री मानव सेवा फाउण्डेसन अन्तर्गत सञ्चालमा रहेका मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण एवं गाँस, बाँस, कपासका लागि सहयोगार्थ उक्त कोटीहोम महायज्ञ सञ्चालन हुन गैरहेको हो ।
महायज्ञमा कोटीहोमका नियममित कर्म, यज्ञ अनुष्ठान संगै श्रीमदभागवत कथा प्रवचन,शिव महापुराण,रामायण आदि पाठ हुने छन् ।
कथाप्रवचनका लागि वाचन प्रविण पण्डित श्री दिनबन्दु पोखरेल, सु–प्रसिद्ध कथा वाचिका राधिका दासी माता , देवी प्रतिभा, राम कथावाचिका चन्द्रकला सखी र श्रीमद देवी भागवत वाचिका विदुषि डा. कान्ता भट्राईको सहभागीता रहने छन् ।
अर्चना झा रासस