राष्ट्रिय कथाव्यास समाजको अध्यक्षमा पण्डित कुबेर सुवेदी चयन

Date: 2024-05-29
news-banner
 राष्ट्रिय कथाव्यास समाजको अध्यक्षमा पण्डित कुबेर सुवेदीको नेतृत्वमा निर्विरोध निर्वाचित १० जना कार्यसमितिमा चयन भएका छन् ।

 काठमाडौँको डिल्ली बजार अमृतभोग प्यालेसमा भएको राष्ट्रिय कथाव्यास समाजको कार्यक्रममा दोस्रो अधिवेशनबाट उपाध्यक्षमा पण्डित बालकृष्ण अर्याल, महासचिवमा आचार्य राघव उपाध्याय, सचिव पण्डित सुरज पराजुली, कोषाध्यक्ष पण्डित रामचन्द्र तिमिल्सिना चयन भएका छन् । उक्त कार्यक्रमको सभापति राष्ट्रिय कथा समाजको पूर्व अध्यक्ष प्रधानाध्यापक नवराज घिमिरे तथा प्रमुख अतिथि पुरुषोत्तम आचार्यले गर्नुभएको थियो ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा मदन राज उपाध्याय, सुधा सापकोटा, जगन्नाथ सुवेदी, सन्तोष आचार्य, देव भट्ट बराल र मनोज नेपाल चयन भएका छन् ।

नेपालभरिबाट कथाव्यासहरू लगभग चार सय जना एकीकृत भई कथाव्यासहरूको हकहित, अधिकार, महर्षी वेदव्यास र महर्षी बाल्मिकी पुरस्कारको स्थापना गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय कथाव्यास समाजको महासचिव आचार्य राघव उपाध्यायले जानकारी दिनुभयो ।

महासचिवका अनुसार अब हामी एकजुट भएर नेपाल सरकारलाई हिन्दू राष्ट्रिय देश बनाउन दबाब दिने, धर्म परिवर्तन, गौहत्या विरुद्ध र विभिन्न मठ मन्दिरहरूमा भइरहेको भ्रष्टाचारी विरुद्ध सबै कथाव्यास गुरुले आवाज उठाउने छन् भन्नुभयो ।

अर्चना झा रासस 
 

Leave Your Comments