मापसे चालक अब ट्राफिक स्वयंसेवक

Date: 2024-05-29
news-banner
मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएकाे छ।

बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएका छन् । आजदेखि सिंहदरबार सडकआसपास क्षेत्रमा स्वयंसेवक खटिएका छन्।

 गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए।महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको  समयमा ४ दिनसम्म  बिदा दिने घोषण गृहमन्त्रीले गरेका छन् ।

Leave Your Comments