फिल्म ‘लाज शरणम्’ले मनायो ५१ औँ दिन

Date: 2025-04-17
news-banner

हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’को डेब्यू निर्देशन रहेको फिल्म ‘लाज शरणण्म्’ले प्रदर्शनको ५१ औँ दिन मनाएको छ ।यस फिल्मले बिहीबार देशभरका १३ वटा हलमा ५१औँ दिन मनाएको हो । 

निर्माता नवीन श्रेष्ठका अनुसार फिल्मले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सीडिसी सनेमामा यो फिल्म प्रदर्शनरत छ ।मोफसलमा झापाको विर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डीम्याक्स सिनेमाज र बुटवलमा रहेको आईएनआई सिनेमाजमा पनि यो फिल्म प्रदर्शनरत छ ।यो फिल्मले ५१औँ दिन मनाए पनि व्यापार भने कमजोर रहेको छ । कमजोर अकुपेन्सी हुँदा पनि यो फिल्मले ५१औँ दिन मनाएको हो ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरिएको यो पहिलो फिचर फिल्म हो ।

Leave Your Comments