ललितपुर गोदावरी ४ बैशाख : ललितपुर जिल्लाकै पहिलो गोदावरी नगरपालिका वडा १ लाई "सम्मानित बालापन- सुनिश्चित बाल अधिकार: बालमैत्री तथा समुन्नत गोदावरीका आधार" मूलनाराका साथ बालमैत्री वडा घोषणा गरिएको छ । निबन्ध २०८२ वैशाख ४ गते वाडालाई बालमुक्त बालविवाह तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ वटा सूचक पूरा गरेकोमा बालमैत्री स्थानीय शासनयुक्त गोदावरी नगरपालिका वडा १ लाई प्रमुख अतिथि ललितपुर क्षेत्र १ का माननीय सांसद उदय शमशेर राणाले घोषणा गर्नुभएको गोदावरी नगरपालिका वडा एकका सचिव शालिग्राम गुरागाईंले जानकारी दिनुभयो ।राणाको अनुसार, ' संयुक्त राष्ट्रिय सङ्घका अनुसार, सन् २०३० सम्म विश्वलाई बालमैत्री बनाउने लक्ष्य राखेकोमा गोदावरी नगरपालिका वडा १ विक्रम सम्वत २०८३ वैशाख ४ गतेका दिन वडा १ लाई बालमैत्री घोषणा गर्नमा सफल बनाउनुभएकोमा नगरपालिका तथा सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको सचिवले जानकारी दिनुभयो ।

बालमैत्री वडा घोषणा सभा कार्यक्रम गोदावरी नगरपालिका वडा १ गोदामचौर फुटबल मैदान मा सम्पन्न भएको छ। आयोजक बालमैत्री स्थानीय शासन वडा समिति तथा नगरपालिकाका सहयोगमा कार्यक्रम भएको छ।कार्यक्रमका विशिष्ट अतिथि गोदावरी नगर पालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार, वि.सं २०८२ साल सम्म नगरभित्रका सबै वडाहरूलाई बालमैत्री बनाउने लक्ष्य लिएको साथैबालमैत्री व्यवस्थापनका लागि नगरपालिकाको बजेट विनियोजनमा विशेष ध्यान दिने सचिवले जानकारी दिनुभयो ।
गोदावरी नगरपालिका वाडा १ का अध्यक्ष श्रीराम थापाले खुसी व्यक्त गर्दै भन्नुभयो,'यो हाम्रो लागि गर्व र खुसीको पल हो। अब आउने दिनमा यस बालमैत्री स्थानीय शासनलाई अझ सुविधाजनक बनाउने प्रतिबद्धता गर्दछु साथै उहाँले सबै विद्यालय संघसंस्था समुदाय समाज परिवारलाई बालमैत्री अभियानलाई निरन्तर सहयोग गर्न आग्रह गर्नुभएको छ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि विद्यालयका विद्यार्थी स्थानीय नागरिक विभिन्न पार्टीका प्रतिनिधिहरू उपस्थित थियो ।
अर्चना झा /रासस