निजामती कर्मचारीहरूले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको कार्यालय घेराउ गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय घेराउ गरेका हुन् ।उनीहरूले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ज्ञापनपत्र पनि बुझाएका छन् । निजामति कर्मचारी भन्नाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनुपर्ने भन्ने विषय परिभाषामा समेट्नुपर्ने माग राखेका छन् ।
साथै ट्रेड युनियनको व्यवस्था, कुनै पनि पदमा ५ वर्ष सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि, अस्थायी करारमा काम गरेक कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नेलगायतका ११ बुँदे माग राखेका छन् ।


