राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजीनामा

Date: 2025-04-18
news-banner

 गभर्नर बन्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रवार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेस गरेका हुन्।नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजीनामा बुझाएका हुन् ।

 तर, कामु  गभर्नर तिम्सिनाले भने अझै उनको राजीनामा स्वीकृत गरिसकेकी छैनन् ।

Leave Your Comments