नेपालमा तस्करीको धन्दा: रुप परिवर्तन र नयाँ शैली

Date: 2024-06-09
news-banner

नेपालमा तस्करीको धन्दाले नयाँ रुप धारण गरेको छ। दुबई र कतार जस्ता खाडी मुलुकहरूबाट तस्करहरूले अब परम्परागत विधिहरूलाई परिवर्तन गरी नयाँ तरिकाले काम गर्न थालेका छन्। तस्कर गिरोहले अब refurbished लैपटप, आइफोन, SSD, र सुनको तस्करी गरी सरकारको कर छली धन्दा गर्दै आएका छन्।

विदेशबाट घर फर्किने व्यक्तिहरूलाई ७०००-८००० रुपैयाँसम्मको क्यारिङ चार्ज दिएर तस्करहरूले कानुन बमोजिम विदेशमा रोजगारमा रहेकाहरूलाई सुनको कच्चा बेरुवा औठी र बाला ल्याउन लगाउँछन्। यसै गरी, उनीहरूलाई refurbished लैपटप ल्याइ तस्करलाई हस्तान्तरण गर्ने गरेको छ , जुन कानुन बमोजिम नेपालमा किन्न र बेच्न प्रतिबन्धित छ।

तस्करहरूले विदेशको एरपोर्टमा पनि आफ्ना मान्छे राखी सामान दिने र नेपालमा एरपोर्ट, बसपार्क र विभिन्न होटलहरूबाट सामान रिसिभ गर्ने गरेका छन्। यो नयाँ शैलीले तस्करीलाई सजिलो बनाएको छ। यस्तो प्रक्रियाले गर्दा तस्करहरूले सरकारलाई ठगी गरेर सामान भित्र्याउने गरेका छन्।

यसरी ल्याइएका refurbished लैपटपहरू पुतलीसडक र न्युरोडका  व्यापारीहरूले नयाँ भनी बेच्ने गरेको पाइएको छ। तस्करहरूले विदेशबाट रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई प्रयोग गरी सामान ल्याउँदा कर तिर्न नपर्ने र सरकारलाई ठगी गरेर सामान नेपाल भित्र्याउने गरेका छन्।

यस्तो गतिविधिले विदेशमा रोजगारमा रहेका व्यक्तिहरूले आफ्नो र आफ्नो परिवारका लागि ल्याउने सामानमा पनि समस्या हुने गरेको छ।यसरि तसकरहरुले गर्दा बैदेशिक रोजगारमा रहेको व्यक्तिको नि बदनामी हुनेगरेको छ । यसरी भन्सार र सरकारलाई ठगी गर्दै आएको तस्करीको धन्दा अहिले फस्टाउँदै आएको छ।


सरकारले यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न र कानुनी कारबाही गर्न तत्पर हुनु आवश्यक छ। यसले देशको आर्थिक स्थितिलाई सुधार गर्न र तस्करीको धन्दालाई रोक्न मद्दत पुर्‍याउनेछ।

Leave Your Comments