सुदूरपश्चिम प्रदेशको बाघ र ठूला मांसाहारी वन्यजन्तु संरक्षण रणनीति तर्जुमा गोष्ठी

Date: 2024-06-25
news-banner
अर्चना झा रासस 

 ललितपुर, ११ असार : राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षणको आयोजनामा सुदूरपश्चिम प्रदेशको उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा ठूला मांसाहारी वन्यजन्तु संरक्षण रणनीति तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 

 डडेलधुरा लालीगुराँस होटलमा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण अधिकृत लक्ष्मी राज जोशीले, "बैतडी जिल्लामा पछिल्लो चार वर्षमा चितुवाको आक्रमणबाट २५ जना हरेक उमेरका मानिसहरूको मृत्यु भएको छ, जसमा महिलाको संख्या बढी भएको जानकारी दिनुभयो ।" त्यसैगरी पाटे बाघ सुदूरपश्चिमको नौ वटै जिल्लाको वन करिडोर हुँदै भारतसँग जोडिएको वनमा आवतजावत गरी स्वचालित क्यामेरामा कैद भएको जोशीले बताउनुभयो ।

नेपालमा हालसम्मकै उच्च पहाडीमा पाटे बाघ ३  हजार दशमलव ४४ मिटरमा इलामको आस्कोट भन्ने ठाउँमा भेटिएको छ, भने अहिलेसम्मकै उच्च पहाडी भुटानमा ४ हजार २ सय मिटरको उचाइमा बाघ पाइएको छ । जोशीका अनुसार, "स्वचालित क्यामेरामा कैद भएको बाघ रैथाने हो वा अन्यन्त्रबाट आहार तथा जैविक विविधताका कारण आएको हो भन्ने बारे विस्तृत अध्ययन हुन बाँकी रहेको बताउनुभयो । अब दार्चुला क्षेत्रमा ठूला मांसाहारी वन्यजन्तुको खोज गर्न बाँकी रहेको अब छिटो नै आ.व.२०८०/०८१ मा काम गर्ने छौँ उहाँले जानकारी दिनुभयो । "
  
 नेपालमा बाघको सङ्ख्या ३५५ रहेको छ। मुख्य रूपमा पाँच राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान रहेको पाईन्छ । जोशीका अनुसार, "शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाघ ३६ वटा मध्ये आर्थिक वर्ष २०८०/०८१ मा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यालयले स्वचालित क्यामेरामा कैदमा थप आठ वटा पाटे बाघदेखा परेको छ जानकारी दिनुभयो।"

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँका अनुसार, "मानव र वन्यजन्तुसँग द्वन्द हुनुको मुख्य कारण जथाभावी वनफडानी गरी बाटो बनाउँदा पानीको मुहान सुक्नु र जमिनमा पानी कमी हुने बित्तिकै जैविक विविधतामा ठूलो असर देखा परेको छ । मानवहरू आ-आफ्नो स्वार्थका लागि वनफडानी नगरेमा र वन्यजन्तुको चोरी निकासी नहुने हो भने मानव वन्यजन्तु सह-अस्तित्व विकासको राम्रो आधार हुने थियो ।"  

कार्यक्रमका प्रमुख अतिथि वन निर्देशनालय सुदूरपश्चिमका निर्देशक हेमराज बिष्टले, "मानव वन्यजन्तु सह-अस्तित्व विकासका तथा रणनीति गोष्ठीमाबोल्दै गर्दा , "दार्चुला जिल्लाको तीनदेशीय नाका क्षेत्रमा यार्सागुम्बा सङ्कलनका समयमा अन्तर्राष्ट्रिय देशबाट हजारौंको सङ्ख्यामा व्यापारी तथा यार्सा सङ्कलनकर्ताहरू आउने गरेका छन् तर के को आधारमा भित्रिन्छ भने हामीसँग कुनै आधार तथा ऐन छैन यो राजनीतिक मुद्दा हो । नेपालका नागरिक राजस्व तिरी अनुमति कार्ड लिएर जाने गरेका छन् कार्यक्रममा भन्नुभयो ।"  हिमाल तथा उच्च पहाडी क्षेत्रमा वन्यजन्तु चोरीसिकारी बढेको स्वीकार उहाँले गर्नुभयो ।    

 सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका डिभिजनल वन अधिकृतहरु, प्रदेश अन्तर्गतका तीनवटा संरक्षित क्षेत्रका वार्डनहरू एवं भू तथा जलाधार संरक्षण कार्यालयका प्रमुखहरू, रेन्जर लगायत बाघ संरक्षण र ठूला मांसाहारी वन्यजन्तु संरक्षण रणनीति तर्जुमा गोष्ठीमा सहभागिता भएको थियो ।   

Leave Your Comments