ललितपुर महानगरपालिका वडा नं.१६ महिला कमिटीद्वारा बुधबार देखि रात्रिकालिन व्यापार मेला सुरु भएको छ । रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यले नागबहालमा दुई दिने व्यापार मेला आयोजना गरेको हो।
ललितपुर महानगरपालिका वडा नं.१६ गाबहालमा रात्रीकालीन मेलक बुधबार सकिँदै छ भने विहीबार आदिवासी जनजाति सांस्कृतिक मेला हुने भएको छ । साँझ ५ देखि बेलुका ९ बजेसम्म हुने सो मेलामा वडाका विभिन्न महिला समूहद्वारा उत्पादित सामग्रीको करिब ४० वटा स्टल रहेको छ ।
मेलाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख मञ्जली शाक्य बज्राचार्यले गर्नुभयो।सो अवसरमा उपमेयर शाक्यले रात्रीकालीन बजार मेलाको लागि अझै पूर्वाधार खडा गर्नुपर्ने जरुरत रहेको बताउँदै यस मेलाले त्यतातर्फ ध्यानाकृष्ट गराउन टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
मेलाम हस्तकलाजन्य सामग्री सहित नेवाः खाना र मूर्तिहरुको स्टल राखिएको थियो। त्यसका साथै १६ वडा कलाकार समितिको संयोजनमा विभिन्न सांस्कृतिक गीत र नृत्यहरु राति ९ बजेसम्म प्रस्तुत गरिएको थियो।
विहीबार वडाको युवा कमिटीको आयोजनामा जनजाति मेला हुने वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । मेलामा पनि गीतसंगीत प्रस्तुत गरिने कार्यक्रम रहेको वडाअध्यक्ष शाक्यले जानकारी दिनुभयो।
त्यसैगरी विहीबार पाटन दरबार क्षेत्र केशवनारायण चोकमा वाद्यगुरु सम्मान तथा कलाकार समितिको आयोजनामा लोक तथा शास्त्रीय गीत संगीत प्रस्तुती गरिने छ ।