काठमाडौं महानगरपालिका, शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।शुक्रबार शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको हो ।
चैत २०८० मा सञ्चालित एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुले १५ असारदेखि २९ गतेसम्म महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डटकाठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन विषयका लागि ४ साउन बिहान ८ बजेदेखि १० बजेसम्म छात्रवृत्ति परीक्षा सञ्चालन हुनेछ ।
संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशतलाई शतप्रशित मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरपालिकाभित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि १४ प्रतिशत र ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको सामुदायिक÷संस्थागत विद्यालयमा अध्ययन गरेका हकमा १ प्रतिशत सिट वितरण गर्ने जनाएको छ ।