गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी छनोट

Date: 2024-06-28
news-banner
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुरा गर्ने जिम्मेवारी हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको छ । प्रतिस्पर्धाको माध्यमबाट रंगशाला निर्माण कार्यको जिम्मेवारी हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गरेकी हुन् । ‘हामी सबैको गौरव भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि प्रतिस्पर्धाबाट निर्माण व्यवसायी हिमालयन–कालिञ्चोक–बीबीआर जेभी छनोट भएको छ । अबको एक हप्ताभित्र उक्त कम्पनीसँग महानगरले निर्माण सम्झौता गर्नेछ,’ मेयर दाहालको पोष्टमा उल्लेख छ ।मेयर दाहालले सम्झौता भएको दिनदेखि २६ महिनाभित्र रंगशालाका निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य महानगरले लिएको पनि उल्लेख गरेकी छन् । 

रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले टेन्डर आव्हान गरेको थियो । त्यसमा हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले ६८ करोड दुई लाख ६४ हजार दुई सय सात रुपैयाँमा रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रस्ताव पेस गरेको थियो । 
j

Leave Your Comments